Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कोशीका मुख्यमन्त्री केदार कार्कीको सम्पत्ति- १५ तोला सुन, ८ लाख ब्यालेन्स, ५२ संस्थाको सेयर


    बिहिबार, माघ ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा हिजो बुधबार सम्पत्ति विवरण अपलोड गरिएको हो।

    जसअनुसार कोशीका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ। त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ। सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ।

    विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक तथा एभरेष्ट बैंकमा गरी ७ लाख ९४ हजार ७४२ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

    मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको ०-१-१२ १/२ क्षेत्रफलको जग्गामा घर रहेको उल्लेख छ। त्यसको स्रोतको रुपमा पैतृक सम्पत्ति बेचबिखन तथा जागिर भनिएको छ।

    बस्नेत सहित परिवारका सदस्यका नाममा विभिन्न ५२ वटा संस्थामा सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार