काठमाडौं । काभ्रेमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–८ डिप्सा स्थित ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार दिउँसो साढे ३ बजेको समयमा काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको बिएए २९२५ नम्बरको कारलाई विपरीत दिशाबाट धुलिखेल तर्फ आउँदै गरेको बा२ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–१ बस्ने ४१ वर्षीय कार चालक मदन बहादुर तामाङ, सोही कारमा सवार काठमाडौं सुकेधारा बस्ने ३७ वर्षीया सर्मिला तामाङ र उनका छोरा १२ वर्षीय निकेश तामाङ, छोरी ६ वर्षीय एन्जल तामाङ रहेका छन् ।
त्यस्तै ट्याक्सीका चालक काभ्रे चौरिदेउराली गाउँपालिका–५ बस्ने ३६ वर्षीय मनिज तिवारी, ३० वर्षीय लक्ष्मण तिवारी, उनका छोरा ११ वर्षीय आयुष तिवारी, सोही स्थान बस्ने २४ वर्षीय सुमन गौतम, १७ वर्षीय पवन तिवारी, २३ वर्षीय दिपेन्द्र गौतम र २२ वर्षीय सुनिल तिवारी रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको उपचार मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend