Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा अछामका एक दम्पत्तीको मृत्यु


    बिहिबार, पुष २६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । कैलालीको चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूकाे मृत्यु भएकाे हाे ।

    मृत्यु हुनेमा अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकाल छन् ।

    अछामबाट बर्दिया आउने क्रममा ढकालले चलाएको भे.१३प. १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका-७ को पितमारीभन्दा झण्डै दुई सय मिटर उत्तरस्थित सडकबाट तल कर्णाली नदीको खोचमा खसेको थियो । प्रहरीका अनुसार उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

    मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार