Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कोशीमा सभामुखको निर्वाचन दिउँसो ३ बजे हुँदै


    मंगलबार, पुष २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको नयाँ सभामुख छनोटका लागि आज दिउँसो ३ बजे निर्वाचन गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् ।

    सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ। सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । सभामुखमा बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

    सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ । प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।

    राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको एक सांसदले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार