Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


    मंगलबार, पुष २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए।

    उनका अनुसार बर्दिवास–औरही भित्री सडक खण्डमा रामगोपालपुरतर्फ जाँदै गरेको प्र २–०२–००४ प१८४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

    सोमबार राति सबा दस बजे भएको उक्त दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा महोत्तरी भँगहा नगरपालिका–३ का धर्मेन्द्र महतो र महोत्तरी रामगोपालपुर नगरपालिका–८ थलीका मुकेश चमार रहेको प्रहरी उपरीक्षक गिरीले बताए।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

    दुर्घटनामा बर्दिवास नगरपालिका–७ प्रेमनगरका प्रदीपकुमार यादव र महोत्तरी भँगहा नगरपालिका–५ का वीरेन्द्र गोसाईं घाइते छन्।

    यादवको अवस्था सामान्य छ भने गोसाईंलाई थप उपचारका लागि जनकपुरको न्युरो अस्पताल लगिएको गिरीले जानकारी दिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार