Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पाँच संसदीय समितिको बैठक बस्दै


    मंगलबार, पुष २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हाे ।

    बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने बताइएको छ ।

    यसैगरी बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समिति बैठक र बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने बुझिएको छ ।

    दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्‍चवर्षीय योजनाको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार