Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज दुवै सदनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने


    आइतबार, जेष्ठ ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे र राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्न लागेको हो ।

    आजको बैठकमा गत शुक्रवार सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ(आफ्नो धारणा राख्न कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।

    यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने कार्यसूची छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार