Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


    आइतबार, पुष २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति मोटरसाइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कँदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

    पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकाे
    प्रहरीलले जनाएको छ ।

    माेटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते छन् । दुर्घटनामा परी कन्काई नगरपालिका–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी–७ का सागर माझी घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार