काठमाडौं । जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा सहभागी हुने समयसम्म पाँच मात्र छन्। जनसंख्या अध्ययन बहुआयामिक विषय भएकाले विगतमा विद्यार्थीको आकर्षण निकै थियो। सिट नपाएर भर्ना हुनै मुस्किल भएपछि विश्वविद्यालयले यो विषयको पठनपाठनका लागि मुलुकभर नौवटा कलेज थप गर्यो।
जनसंख्या अध्ययन गराउने कलेज थपेपछि विद्यार्थी संख्या भने घट्दै गयो। यही कारणले अब नयाँ शैक्षिक सत्रका लागि जनसंख्या अध्ययन केन्द्रीय विभाग कीर्तिपुरले आकर्षण योजना अघि सारेको छ।
विभागले मंगलबार पत्रकार सम्मेलन गरी विभाग प्रमुख योगेन्द्रबहादुर गुरुङले सन् २०२३र२४ देखि २०२४र२५ सत्रको नयाँ भर्नाका लागि मेरिट र कक्षा क्रियाशीलताका आधारमा पाँचजना विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्थाका साथै अब आयोजना हुने अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन तथा राष्ट्रिय तथ्यांक कार्यालयसँग समझदारी भई जनगणनाका तथ्यांकहरुको आधारमा तयार हुँदै गरेका ‘थिम्याटिक रिपोर्ट’ मा इन्टर्नसिपको व्यवस्था गरिएको बताए।
यति मात्र होइन अब भर्ना हुने विद्यार्थीका लागि प्राध्यापकको पलहमा गरिने अध्ययन अनुसन्धानमा रिसर्च असिस्टेन्टको रुपमा कार्य गर्ने अवसर र जनसंख्या अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर सिक्ने विशेष अवसर दिने व्यवस्था विभागले गरेको छ।
‘हामी विभागमा निरन्तर अध्ययन गर्ने गुणस्तीय विद्यार्थीको पर्खाइमा छौं,’ विभागीय प्रमुख गुरुङले भने, ‘गत वर्ष जनसख्या अधययनमा केन्द्रीय विभागसहित नौ कलेजमा कुल एक सय ५४ विद्यार्थी स्नातकोत्तर तहमा भर्ना भए तर परीक्षा दिने समयसम्म प्रत्येक कलेजमा पाँच वा आठभन्दा बढी छैनन्। हामीकहाँ विश्वविद्यँलय शिक्षा भनेकै अन्य काम खोज्ने समयसम्म समय बिताउने चौतारीको रुपमा विद्यार्थीले लिएको देखियो। अध्ययन गरेको विषयमा पढेर विज्ञ हुने विद्यार्थी नै आएनन्।
विश्वविद्यालयलाई केही समय अल्झिने ठाउँ पो बनाइयो।’ यस्तो प्रकृति उच्च शिक्षाका लागि भविष्यमा घातक सावित हुनेसमेत उनले बताए। ‘यति मात्र होइन हामीकहाँ स्नातक चार वर्षे भएपछि विद्यार्थीले स्नातक पूरा गर्दासम्म जीवनको २४ वर्ष समय खर्चिनुपर्ने हुन्छ,’ गुरुङले भने, ‘विश्वमा कक्षा १२ पास गरेपछि नै युवाहरु कमाउन थाल्छन् तर हामी कहाँ २४ वर्ष उमेरसम्म अध्ययन गर्दा पनि केही गर्न नसक्नु पनि उच्च शिक्षातर्फ विद्यार्थीको रुचि कम हुनु हो।’
उनले स्नातकोत्तर तहमा १० जना मात्र निरन्तर र गुणस्तीय विद्यार्थी भए पुग्ने पनि दाबी गरे। यसका लागि सरकारले सकरात्मक शैक्षिक वातावरण बनाउनुपर्ने उनको सुझाव छ।
एकातिर विश्वविद्यालयले विभिन्न विषयमा विद्यार्थी घट्दै गएको गुनासो गरिरहेका छन् भने अर्कातर्फ पछिलो समय मुलुकको विश्वविद्यालयमा विद्यार्थीको भर्ना हुने क्रम बढेको विश्वविद्यालय अनुदान आयोगको तथ्यांकले देखाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend