काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।
काठमाडौं विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए ।
काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस ९केएमसी०मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका छन्। त्यस्तै बीएस्सी नर्सिङ (एनएमसी)मा ४० जना विद्यार्थी भर्ना कोटा रहेकोमा १५ जना मात्रै भर्ना भएका छन्। स्कुल अफ नर्सिङअन्तर्गत ३७ वटा कार्यक्रम सञ्चालनमा छन्।
तीमध्ये १८ वटा कार्यक्रममा मात्रै कोटाअनुसार विद्यार्थी भर्ना भएका छन्। त्यस्तै स्कुल अफ आटर्सअन्तर्गत १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन रहेकोमा कुनैमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन्।
स्कुल अफ एजुकेसनअन्तर्गत १९ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएकोमा आधाभन्दा बढीमा विद्यार्थी कोटा रिक्त छ। स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन, स्कुल अफ म्यानेजमेन्टलगायतमा पनि कोटाअनुसार विद्यार्थी भर्ना नभएको उपकुलपति थापाले जानकारी दिए । हरेक वर्ष विद्यार्थी भर्ना क्षमताभन्दा निकै कम भर्ना हुन थालेपछि शैक्षिक कार्यक्रमलाई हटाउने विषयमा छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको अवस्था अझै नराम्रो छ। यहाँ पनि कुनै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना कोटा रिक्त छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालका अनुसार त्रिविमा तीन सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend