काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ५ बनाउने घोषणा गरेकी छन् । यसअघि ए मेरो हजुरका ४ सिक्वेल निर्माण तथा निर्देशन गरेकी थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिक्वेलको रुपमा ए मेरो हजुर ५ निर्माण गर्ने घोषणा गरेकी हुन् ।
थापाले यसअघि ए मेरो हजुरको दोस्रो, तेस्रो र चौथो सिक्वेलको साथै गत भदौमा प्रदर्शनमा आएको एक भागवत र गीता सामाजिक कथा नामक चलचित्र निर्माण गरेकी थिइन् । एक भागवत र गीताले प्रदर्शनको सम्मुखमा आएर विभिन्न धार्मिक संगठनहरुके चर्को विरोधको मार खेप्नु परेको थियो । विरोधकै वावजुद प्रदर्शनमा आएको एक भागवत र गीता नराम्ररी फ्लप भएको थियो ।
यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend