Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • गगन थापाको आक्रोश – राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पुर्‍याउने हैसियत काँग्रेससँग छ


    शनिबार, पुष १४ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् ।

    उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गरे ।

    उनले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले काँग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्नुभयो । उहाँले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

    उनले भने,‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ । काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार