Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एनसेलले पहिल्यै जानकारी दिनुपर्थ्यो, दिएन : पुरुषोत्तम खनाल


    बिहिबार, पुष १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिद–बिक्रीपूर्व आफूहरूलाई जानकारी नगराइएको गुनासो गरेका छन् । दूरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे ।

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले किनबेचबारे जानकारी गराउन एनसेललाई पटक–पटक अनुरोध गरिएको बताए ।

    “दूरसञ्चार ऐनले खरिद–बिक्रीअघि अनुमति लिनुपर्ने भन्छ,” उनले भने, “प्रविधि हस्तान्तरण ऐनले ३० दिनभित्र जानकारी गराए हुन्छ भनेको छ, यो दुई ऐन बाझियोजस्तो छ ।”

    बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउतले एनसेलका विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

    “एनसेलको विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको छ । समितिलाई प्राधिकरणले आवश्यक विवरण बुझाइरहेको छ,” उनले भने, “यसले वैदेशिक लगानीको अवस्थामा पर्न सक्ने असरबारे तत्काल आवश्यक कदम चाल्नुपर्छ । सरकारले रिपोर्ट आइसकेपछि चाल्नुपर्ने कदम चाल्नेछ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार