Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्राधिकरणले भन्यो- टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउनु


    आइतबार, मंसिर ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

    प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।

    गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको तत्काल प्रयोगमा रोक तथा बन्द गर्ने निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार