Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त


    बिहिबार, पुष १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल धरौटी रकम बुझाएपछि थुनामुक्त भएका छन् ।

    उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए ।

    हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको कारागारका एक अधिकारीले बताए । गत ४ जेठमा उनी पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार