काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रकरण टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनारिकले हेरिरहेको उनले बताए।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’
उनले चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने बताए।
‘जसको नाम आएको छ उसलाई निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरू हुन्छ,’ उनले भने, ‘अदालतले मैले न्याय गरेँ भनेर मात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ।’
‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend