Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्युठानमा गाडी दुर्घटना हुँदा १५ जना घाइते


    बुधबार, पुष ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

    घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने ३५ वर्षीय बल बहादुर सुनार, उनकी ३४ वर्षीया श्रीमती सङ्गीता सुनार, सोही ठाउँकी युनिका सुनार,कपिलवस्तुको शिवराज नगरपालिका १ का ५८ वर्षीय अने सुनार र उनका छोरा २६ वर्षीय दुर्गा बहादुर सुनार,सोही ठाउँका १४ वर्षीय निम बहादुर सुनार, १६ वर्षीय हुकुम बहादुर सुनार, २० वर्षीया सावित्रा सुनार छन् ।

    यस्तै घाइते हुनेमा दाङको राप्ती गाउँपालिका २ लाल मटिया ३५ वर्षीया जानकी आचार्य, कपिलवस्तु नगरपालिका ९ का ६७ वर्षीय यमलाल जोशी, रुपन्देही गैँडाहवा गाउँपालिका २ का ४६ वर्षीया विष्णु माया गिरी, प्युठानको बाग्दुला नगरपालिका ९ का १९ वर्षीया सृष्टि आले, कपिलवस्तु बाणगंगा नगरपालिका ८ का ७० वर्षका झक्कु प्रसाद उपाध्याय, कपिलवस्तु नगरपालिका ९ का ५८ वर्षीय निम प्रसाद खनाल रहेका छन् ।

    उनीहरूको नेपालगन्ज र बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार