Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल आज बाग्लुङ जाँदै


    बुधबार, पुष ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(बुधबार) बाग्लुङ जाँदै छन् । बाग्लुङ महोत्सव उद्घाटनका लागि राष्ट्रपति पौडेल त्यस तर्फ जान लागेका हुन् । धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला आयोजना हुदै छ ।

    महोत्सव उद्घाटन अघि राष्ट्रपति पौडेलले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेला रहेको शालिग्राम सङ्ग्रहालयको दर्शन गर्ने कार्यतालिका छ । त्यसपछि दिउँसो १ बजे पौडेलले महोत्सव उद्घाटन गर्ने छन् ।

    पुस २१ गतेसम्म चल्ने महोत्सवमा १ सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवमा करिब सात लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार