Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब कार्यशैली बदल्छु, अपवाद बाहेक बाहिरको कुनै कार्यक्रममा जान्नँ : प्रधानमन्त्री


    मंगलबार, पुष १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो कार्यशैली बदल्ने घोषणा गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

    उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए । बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उनको भनाइ छ । सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।

    ‘म स्वीकार गर्छु सरकार असफल त भए तर मेरो हुटहुटि अनुसारको परिणाम पनि आएको छैन’, उनले भने, ‘सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा छु । देश कति बन्न सक्थ्यो भन्ने समीक्षामा छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार