Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • काठमाडौँमा यःमरी पुन्हिको रौनक (फोटो फिचर)


    मंगलबार, पुष १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज (मंगलबार) नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि भव्य मनाइरहेका छन् ।

    ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठुलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

    यःमरी बनाउन बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार