काठमाडौं । तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन् । कृतिका विद्यालय जान तयार हुनअघि नै रुचिका पनि तयार भइसक्छिन् । उनी झोलामा कापी, पेन्सिलसँगै घरबाट थाली नै लिएर विद्यालय जान्छिन् । तर, विद्यालयमा उनको नाम भने दर्ता छैन ।
उमेर नपुगेका कारण रुचिकाको नाम दर्ता नगरेको विद्यालयले जनाएको छ । ‘दिवाखाजा’ खाने आशाले रुचिका हरेक बिहान तयार हुने र कहिल्यै विद्यालय जान नछाड्ने बानी परेको छ । बिहान १० बजे विद्यालय जाने रुचिकाको विद्यालयमा हेरचाह उनकी दिदी कृतिमा गर्छिन् । रुचिका दिदी कृतिकासँगै १ कक्षामा बस्दै आएकी छन् ।
त्यस्तै, आरश दमाई तीन वर्ष पुग्न थाले । उनी पनि काका रवि दमाईसँगै विद्यालय नबिराएर जान्छन् । आरशको पनि विद्यालयमा नाम दर्ता छैन । ‘उमेर नपुगेको’ भन्दै भर्ना नगरेको आरशका बुबा बिर्ख दमाई बताउँछन् । उनी पनि घरबाटै झोलामा प्लेट लिएर विद्यालयमा हाजिर हुने गरेका छन् ।
‘पहिला ६–७ वर्ष पुगेपछि मात्रै विद्यालयमा लगाउने गरेका थियौं, अहिले दिवाखाजा लागू भएपछि स–साना बालबालिका पनि विद्यालय जान रुचाउने गरेको’ पद्मा धामी बताउँछिन् ।
‘म घरमा बस्नुको कारण यही नातिको हेरालो लाग्नका लागि हो, नातिनी बिहान विद्यालय लाग्ने समयअघि नै रोइकराई गर्छे,’ पद्मा भन्छिन्, ‘आमाको दुध खान छोडेर दिवाखाजा नै मन पराउँछन्, मिठो मानेका कारण विद्यालयमा नजाउभन्दा पनि मान्दैनन् । यसले गर्दा हामीलाई राम्रो भएको छ । घरको कामधन्दामा सहज भएको छ ।’
विद्यालयमा ‘म्याउम्याउ बिरालो, यतातिर आऊ, कराईको दुध नखाउ म भोकी हुन्छु’ लय हालेर बालगीत गाउन पनि जानेका छन्, स–साना बालबालिकाले । तलकोट गाउँपालिकाको मष्टा आधारभूत विद्यालयमा मात्रै झन्डै १० देखि १५ बालबालिका दिवाखाजाका कारण नियमित उपस्थित हुने गरेको प्राध्यानाध्यापक सत्यकुमारी उपाध्यायले बताइन् ।
कतिपय बालबालिका आफ्नै दिदी, काका, दाइ तथा फुपुसँगै उनीहरूको कक्षामा बस्छन् भने कतिपयलाई शिशु कक्षामा राख्ने गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend