काठमाडौं । तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन् । कृतिका विद्यालय जान तयार हुनअघि नै रुचिका पनि तयार भइसक्छिन् । उनी झोलामा कापी, पेन्सिलसँगै घरबाट थाली नै लिएर विद्यालय जान्छिन् । तर, विद्यालयमा उनको नाम भने दर्ता छैन ।
उमेर नपुगेका कारण रुचिकाको नाम दर्ता नगरेको विद्यालयले जनाएको छ । ‘दिवाखाजा’ खाने आशाले रुचिका हरेक बिहान तयार हुने र कहिल्यै विद्यालय जान नछाड्ने बानी परेको छ । बिहान १० बजे विद्यालय जाने रुचिकाको विद्यालयमा हेरचाह उनकी दिदी कृतिमा गर्छिन् । रुचिका दिदी कृतिकासँगै १ कक्षामा बस्दै आएकी छन् ।
त्यस्तै, आरश दमाई तीन वर्ष पुग्न थाले । उनी पनि काका रवि दमाईसँगै विद्यालय नबिराएर जान्छन् । आरशको पनि विद्यालयमा नाम दर्ता छैन । ‘उमेर नपुगेको’ भन्दै भर्ना नगरेको आरशका बुबा बिर्ख दमाई बताउँछन् । उनी पनि घरबाटै झोलामा प्लेट लिएर विद्यालयमा हाजिर हुने गरेका छन् ।
‘पहिला ६–७ वर्ष पुगेपछि मात्रै विद्यालयमा लगाउने गरेका थियौं, अहिले दिवाखाजा लागू भएपछि स–साना बालबालिका पनि विद्यालय जान रुचाउने गरेको’ पद्मा धामी बताउँछिन् ।
‘म घरमा बस्नुको कारण यही नातिको हेरालो लाग्नका लागि हो, नातिनी बिहान विद्यालय लाग्ने समयअघि नै रोइकराई गर्छे,’ पद्मा भन्छिन्, ‘आमाको दुध खान छोडेर दिवाखाजा नै मन पराउँछन्, मिठो मानेका कारण विद्यालयमा नजाउभन्दा पनि मान्दैनन् । यसले गर्दा हामीलाई राम्रो भएको छ । घरको कामधन्दामा सहज भएको छ ।’
विद्यालयमा ‘म्याउम्याउ बिरालो, यतातिर आऊ, कराईको दुध नखाउ म भोकी हुन्छु’ लय हालेर बालगीत गाउन पनि जानेका छन्, स–साना बालबालिकाले । तलकोट गाउँपालिकाको मष्टा आधारभूत विद्यालयमा मात्रै झन्डै १० देखि १५ बालबालिका दिवाखाजाका कारण नियमित उपस्थित हुने गरेको प्राध्यानाध्यापक सत्यकुमारी उपाध्यायले बताइन् ।
कतिपय बालबालिका आफ्नै दिदी, काका, दाइ तथा फुपुसँगै उनीहरूको कक्षामा बस्छन् भने कतिपयलाई शिशु कक्षामा राख्ने गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend