Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा स्कुल बसको ठक्करबाट तीन जना घाइते


    सोमबार, पुष ९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित भात्तेढिकुरमा नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । सुर्यबिनायकबाट साँगा तिर जाँदै गरेको बा२क २७३२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हाे ।

    दुर्घटनामा परेर मोटरसाइकल चालक श्रीकृष्ण कपाली, उनकी पत्नी प्रिया कपाली र छोरा प्रशन्न कपाली घाइते भएका छन् । घाइतेहरुको डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसले बा.३६ प २२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

    दुर्घटनामा संलग्न बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भएका ३१ वर्षीय राजकुमार रोम्बालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार