Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)


    सोमबार, पुष ९ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै सनतन धर्मावलम्बी समूहले काठमाडौँमा प्रदर्शन गरेको छ।

    सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन् ।

    मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्‍याली गरेका थिए ।

    केही दिन अघि क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार