Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै


    बिहिबार, पुष ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै छ । धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलिसम्म हुने भएकाे हाे ।

    पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उदघाटन गर्ने छन् । बन्दसत्र भने महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बताइएको छ ।

    बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने कांग्रेसले जनाएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार