Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पशुपति क्षेत्र विकास कोषको सल्लाहकार पद खारेज


    बुधबार, पुष ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ ।

    आज बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो ।

    राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

    परिषद् बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेकाे जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार