Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • भूकम्प प्रभावित ७ जिल्लामा पुस ५ गतेदेखि खोप अभियान


    बुधबार, पुष ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टि.सि.भीं खोप लगाइने छ ।

    जाजरकोट र रुकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई छुट खाेप पनि दिइने मन्त्रालयले जनाएको छ ।

    छुट खोपका लागि नियमित खोप कार्ड लिएर आउन समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार