काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको विकल्प नरहेको दाबी गरेका छन् । आज हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सत्ता गठबन्धनका केही दलभित्र सरकारको विकल्पका विषयमा केही टिका टिप्पणी भए पनि त्यसले कुनै अर्थ नराख्ने उनले बताए ।
‘वर्तमान सरकारको विकल्प छैन । गठबन्धनका दलका केही नेताहरूले फरक ढङ्गबाट विषयहरू उठाए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना भने छैन’ उनले भने ।
उपमहासचिव पुनले सरकारले राम्रा काम गर्न खोज्दा चौतर्फी रूपमा आक्रमण र घेराबन्दीमा भइरहेको बताए । प्रचण्ड नेतृत्वको सरकारले सुशासनका सन्दर्भमा थुप्रै कामहरू गरेको तर, सो कामहरू पर्याप्त नहुने उनको भनाई छ ।
उनले माओवादी केन्द्र रूपान्तरणसहित नयाँ शक्तिको रूपमा उभिने रणनीतिअनुसार अघि बढेको उपमहासचिव पुनले बताए ।
पछिल्लो समय बाहिरिएका रिपोर्ट कार्डहरू अनुसार माओवादी नेतृत्वको सरकारको काम काम कारबाही सन्तोषजनक नरहेको र जनताको अपेक्षाअनुसार सरकारले आफ्नो गतिलाई बढाउन जरुरी रहेको उनले बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको र खर्च प्रणालीलाई पुनः संरचना गरी अघि बढ्नुपर्ने उनको भनाई छ ।
माओवादी सरकारको नेतृत्वमा पहाडी जिल्लाहरूलाई आर्थिक समृद्धिमा जोड्न माध्य पहाडी राजमार्ग, भित्री मधेसको विकासका लागि धरान चतरा सडक खण्ड निर्माण गरिएकोले त्यसको प्रभाव देखिन थालेको उनले बताए । उनले देशको अर्थतन्त्रमा निकै सुधार आएको बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend