धनगढी । रुस–युक्रेन युद्धमा एक नेपाली युवकको मृत्यु भएको खुलेको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आज आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।
भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको खबर हालै पाएको बताए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको बिर्खको भनाइ छ ।
‘भाइको २६ नोभेम्बरमा युद्धमा गोली लागेर मृत्यु भइसकेको रहेछ । उनीसँगै कार्यरत महेन्द्रनगरका थापाजीले मृत्यु भएको कुरा म्यासेज गरेर आफ्नो श्रीमतीलाई भनेका रहेछन्’, बिर्खले भने, ‘तर उहाँले हामीलाई खबर गर्न सक्नुभएन । ढिलो गरी थाहा पायौं ।’
गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend