धनगढी । रुस–युक्रेन युद्धमा एक नेपाली युवकको मृत्यु भएको खुलेको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आज आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।
भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको खबर हालै पाएको बताए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको बिर्खको भनाइ छ ।
‘भाइको २६ नोभेम्बरमा युद्धमा गोली लागेर मृत्यु भइसकेको रहेछ । उनीसँगै कार्यरत महेन्द्रनगरका थापाजीले मृत्यु भएको कुरा म्यासेज गरेर आफ्नो श्रीमतीलाई भनेका रहेछन्’, बिर्खले भने, ‘तर उहाँले हामीलाई खबर गर्न सक्नुभएन । ढिलो गरी थाहा पायौं ।’
गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend