काठमाडौं। इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् ।
संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ ।
थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल क्याम्पसमा ५२८ वटा सिटमध्ये १०१ सिट रिक्त छन् ।
यी तीनै वटा क्याम्पसमा इन्जिनियरिङ विधा अन्तर्गत १४ वटा विषयको पढाइ सञ्चालन भइरहेको छ । संस्थानकै आङ्गिकमध्येका चितवन इन्जिनियरिङ क्याम्पसमा २४ वटा सिटमध्ये दुई वटा मात्रै रिक्त छ ।
सम्बन्धन प्राप्त क्याम्पसमध्ये सबैभन्दा धेरै विद्यार्थी नेसनल कलेज अफ इन्जिनियरिङमा सबै विषयमा गरेर २४० वटा विद्यार्थी सिट भर्ना क्षमता भएकोमा २०७ जना भर्ना भइसकेका छन् । सबैभन्दा थोरै विद्यार्थी जनकपुर इन्जिनियरिङ क्याम्पसमा भएका छन् । विभिन्न विषयका गरेर १९२ विद्यार्थी भर्ना क्षमता भएको यो क्याम्पसमा २१ जना मात्रै भर्ना भएका छन् । जुन कुल भर्ना क्षमताको ११ प्रतिशत मात्रै हो ।
अहिले आकर्षक विषयमा समेत विद्यार्थी भर्ना नभएर धेरै कोटा रिक्त रहेको चर्चा चल्ने गरेको छ तर विद्यार्थी भर्नाका क्रम अझै जारी रहेको हुनाले बजारमा हल्ला भए अनुसार विद्यार्थी कोटा रिक्त नभएको संस्थानका डिन प्राडा शशिधरराम जोशीले बताए ।
उहाँका अनुसार प्रवेश परीक्षामा प्राप्ताङ्कका आधारमा विद्यार्थी भर्नालाई प्राथमिकतामा राखिएको छ । जस अनुसार भर्नाका लागि विद्यार्थीको तेस्रो सूची प्रकाशन गरिएको छ । उनले यो सूचीका विद्यार्थी भर्नामा आएपछि फेरि अर्को सूची निकालिने बताउनुभयो । उहाँका अनुसार विगतमा यस्ता विद्यार्थीको १२ वटासम्म सूची प्रकाशन गरिएको थियो । उनले भने, “विगतको तुलनामा भर्ना हुने विद्यार्थीको सङ्ख्यामा केही कमी आउला तर बजारमा हल्ला चले जस्तो विद्यार्थी अभाव भएको चाहिँ होइन ।”
सानेपास्थित सगरमाथा इन्जिनियरिङ क्याम्पसमा प्राचार्य रमेश श्रेष्ठले पनि भर्ना प्रक्रिया जारी रहेकाले अहिले नै विद्यार्थी अभाव भयो भनेर हल्ला गर्नु बेकार भएको बताए ।
इन्जिनियरिङ सङ्कायमा भर्नाका लागि संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा छ हजार उत्तीर्ण भएका थिए । प्रवेश परीक्षामा १४ हजारको हाराहारीमा सहभागी थिए ।
इन्जिनियरिङको पढाइ कुरेर बसेका विद्यार्थीको नियमित कक्षा भने आगामी माघ महिनादेखि मात्रै सञ्चालन गर्ने संस्थानले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend