Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्जिनियरिङको शुल्क वृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो जुलुस


    बिहिबार, भाद्र ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क विरुद्ध जुलुस निकालेको छ ।अनेरास्ववियुको केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेलको नेतृत्वमा थापाथली इन्जिनियरिङ क्याम्पस बाट जुलुस निकालेको हो ।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्‍याएको छ । पहिलेकै शुल्क यथावत कायम राख्न माग गरेका छन्

    उनीरुले प्ले कार्डमा ‘ह्या हुनदेउ, खेत बेचेर नेपालमा इन्जिनियरिङ पढ्नुभन्दा विदेश जान्छु बरु’, बा ले ८ लाखमा तेरो बिहे उम्काइदिन्छु भनिसके’ जस्ता कुराहरु लेखेर प्रदर्शन गरेका थिए । उनीहरुले सातवटै प्रदेशमा इन्जिनियरिङ आङ्गिक क्याम्पस खोल्न समेत माग गरेका छन् । हाल देशका ३ प्रदेश कोशी गण्डकी र बागमती मा ५ वटा मात्रै आङ्गिक कलेज रहेको छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार