Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रकले ठक्कर दिँदा स्कुल हिँडेका बालकको मृत्यु


    बिहिबार, मंसिर २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा ट्रकको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । पश्चिम मकवानपुरका मनहरी गाउँपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा उनकाे मृत्यु भएकाे हाे ।

    मृत्यु हुनेमा राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत ७ वर्षका उमेश प्रजा रहेका छन् ।

    घरबाट विद्यालय गइहेको अवस्थामा चितवनबाट हेटौँडा जाँदै गरेको ना ५ ख ३७८३ नंबरको ट्रकले ठक्कर दिएपछि घाइते भएका बालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान  थालेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार