काठमाडौं। चिनियाँ सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष (२०८० सालभित्र) सुनुवाइ नहुने भएको छ।
हिजो सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहे पनि उक्त मुद्दा हेर्न नभ्याउने हुँदै सरेपछि सुनुवाइको पालो अर्को वर्ष, २०८१ का लागि सरेको हो। सर्वोच्च अदालतले पछिल्लो समय अटोमेशनबाट मुद्दाहरुको पेसी तोक्दै आएको छ। उक्त प्रविधिअनुसार खाली रहेको समयमा सफ्टवेयरले आफैं पेसी तोक्ने गर्दछ। टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सुनुवाइका लागि आगामी वर्षकोको वैशाख २७ गतेलाई पेसी तोकिएको छ।
टिकटकमाथि प्रतिबन्धन सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले मंसिर ५ गते कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ माग गरेको थियो। सरकारका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ। तर पछिल्लोपटक उक्त मुद्दामा पेसी तोकिने, तर सुनुवाइको पालो नआउने हुँदै आएको थियो।
पहिलो सुनुवाइपछि सर्वोच्चको संयुक्त इजलासमा २ पटक पेसी तोकिएको छ। मंसिर १९ र मंसिर २७ गते उक्त मुद्दाको पेसी तोकिएको थियो। तर दुवै पटक हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो।
मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार, मंसिर १ गते १० थान रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए। टिकटक प्रतिबन्धनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटको संख्या हाल १४ थान पुगेको छ।
रिट निवेदनहरुमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend