Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सीटीईभीटी सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस


    सोमबार, मंसिर २५ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिव पदको लागि तीन जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गरेको हो ।

    गत असोजमा रिक्त पदका लागि महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरिएको हाे । समितिले सिफारिस गरेको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरिषद्ले तीन जना मध्ये कुनै एक जनालाई सदस्य सचिवमा नियुक्त गर्ने छ ।

    परिषद्का अनुसार तीन महिना भन्दा बढी समयदेखि कार्यकारी पद रिक्त हुँदा कर्मचारी सरुवा, बढुवा तथा दैनिक कामहरुमा समेत प्रभाव परिरहेको थियो ।

    गत ४ साउनमा तत्कालिन सदस्य सचिव जीवनारायण काफ्लेको उमेर हदका कारण नियुक्त भएको दुई वर्षमा नै सेवा अवधि सकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार