Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीसीएल नर्सिङ, एचए र फार्मेसीको शुल्क वृद्धि गर्ने निर्णय स्थगित


    बिहिबार, साउन ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक प्रमाणपत्र तह (पीसीएल नर्सिङ), पीसीएल चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको अध्ययन गर्न शुल्क वृद्धि गर्ने निर्णय स्थगित भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

    सीटीईभीटीले सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यस अघिको निर्णय स्थगित गरिएको बताएको छ । असार २९ गते सीटीइभीटीले अध्ययन गर्न शुल्क वृद्धि गरेको थियो ।

    सीटीईभीटीबाट सम्बन्धन र स्वीकृति प्राप्त गरि नीजि रुपमा सञ्चालित शिक्षण संस्थाहरुमा शैक्षिक सत्र २०७१र०७२ मा तोकिएको शुल्क हाल सम्म पनि साविक बमोजिम नै कायम रहेको सीटीईभीटीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार