काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको टिप्पणी गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार ओलीले दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताएका हुन् ।
उनले चीनले कुनै पनि विषयमा नेपाललाई सहयोग गर्ने भनिरहेको उल्लेख गरे । तर, अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनको भनाइ छ ।
“…अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ,” उनले भने, “चीनसँग डराएको होइन, अरू कोकोसँग कहाँकहाँ डराउँछ ।”
उनले राजनीतिक दलले अब विकासका निम्ति राजनीति गर्नुपर्ने बताए । आफ्नो मुलुकको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल त्यसका निम्ति काम थाल्न उनले नेता–कार्यकर्ता निर्देशन दिए ।
“अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुन सक्दछ, के हुनसक्छ ? यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ,” उनले भने, “यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ । किनभने, कुनै पनि देश अर्काले आएर बनाइदिँदैन । आफ्नो देश आफैँले बनाउने हो ।”
अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनै पनि उत्पादन हुन नसकेको बताए ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend