काठमाडौँ । नेपाली बजारमा आज (आइतबार)सुनको भाउले फेरि नयाँ किर्तिमान कायम गरेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।
अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । जुन, आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend