Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ‘मंसिर ३० मा समानान्तर सरकार घोषणा, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्छौँ’


    आइतबार, मंसिर १७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले यही मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन् ।

    आज पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए ।

    नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु,युटुबर भनेर हेपिएका मूलधारबाहिरका संचारकर्मीहरुलाई समेत समेटिने प्रसाईले बताए ।

    प्रसाईँले भने- झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।

    प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे । उनले आफ्नो कारण तरुण दल र वाइसिएलजस्ता अरु दलका युवाले राहत महशुस गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार