Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्यो, तोलाको कति ?


    शुक्रबार, मंसिर १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

    छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार