Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उडिरहेको विमानभित्र श्रीमान श्रीमतीबीच कुटाकुट भएपछि…


    बुधबार, मंसिर १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । थाइल्याण्डको जर्मनीको म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान एलएच ७७२ श्रीमान र श्रीमतीको झगडाकै कारण दिल्लीमा आपतकालीन अवतरण गराइएको छ।

    विमानमा यात्रा गरिरहेका श्रीमान श्रीमतीबीच झगडा भएपछ उनीहरूलाई विमानबाट ओह्राल्न विमानलाई दिल्लीमा आपतकालीन अवतरण गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली एयरपोर्टका सुरक्षा अधिकारीहरूले श्रीमान्-श्रीमतीबीच झगडाका कारण विमानको आपतकालीन अवतरण गराइएको पुष्टि गरेका छन् ।

    विमानले यसअघि पाकिस्तानमा अवतरण गर्न अनुमति मागेको थियो तर पाकिस्तानले अस्वीकार गरेको थियो । त्यसपछि विमान दिल्ली एयरपोर्टमा अवतरण गरिन् । सुरुमा श्रीमान्–श्रीमतीबीच झगडा भएको थियो, जुन विस्तारै झगडामा परिणत भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । यसपछि विमानका चालक दलका सदस्यहरूले यसलाई डाइभर्ट गर्ने निर्णय गरेका थिए ।

    विमान स्थानीय समय अनुसार बिहान १०: २६ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । पीटीआई रिपोर्टका अनुसार एक जर्मन पुरुषको आफ्नी श्रीमतीसँग झगडा भएको थियो । श्रीमती थाइल्याण्डकी हुन् । ती महिलाले विमानका पाइलटसँग श्रीमानको खराब व्यवहारको गुनासो समेत गरेकी थिइन् र हस्तक्षेप गर्न आग्रह गरेकी थिइन् ।

    दिल्ली एयरपोर्टमा फ्लाइटमा झगडा गर्ने व्यक्तिलाई डिबोर्डमा एयरपोर्ट सेक्युरिटीलाई सुम्पिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार