काठमाडौँ। रूसी सेनाका कार्यरत तीन नेपालीको ज्यान गएको छ।
मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर दिएको जानकारीअनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो।
दूतावासका अनुसार स्याङ्जाका प्रितम कार्की, दोलाखका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन्। उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख छ।
‘प्रस्तुत विषयमा तपसिल नेपाली नागरिकको रूसी सेनाम कार्यररत रहेको अवस्थामा मृत्यु भएको जानकारी सहित रूसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत् मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,’ दूतावासले कन्सुलरलाई पठाएको पत्रमा उल्लेख छ,‘मृतकहरूको शव व्यवस्थापन लगायत कार्यमा परिवारसंग समन्वय गर्नुपर्ने छ। शवको यथासिघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेन निर्देशनअनुसार अनुरोध छ।’
उक्त पत्रमा उनीहरूको जारी रूस युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाँहि खुलाइएको छैन।
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend