Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु


    बुधबार, मंसिर १३ २०८०
    840
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रूसी सेनाका कार्यरत तीन नेपालीको ज्यान गएको छ।

    मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर दिएको जानकारीअनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो।

    दूतावासका अनुसार स्याङ्जाका प्रितम कार्की, दोलाखका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन्। उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख छ।

    ‘प्रस्तुत विषयमा तपसिल नेपाली नागरिकको रूसी सेनाम कार्यररत रहेको अवस्थामा मृत्यु भएको जानकारी सहित रूसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत् मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,’ दूतावासले कन्सुलरलाई पठाएको पत्रमा उल्लेख छ,‘मृतकहरूको शव व्यवस्थापन लगायत कार्यमा परिवारसंग समन्वय गर्नुपर्ने छ। शवको यथासिघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेन निर्देशनअनुसार अनुरोध छ।’

    उक्त पत्रमा उनीहरूको जारी रूस युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाँहि खुलाइएको छैन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार