Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्रसाईंको प्रदर्शनमा पक्राउ परेका आचार्य श्रीनिवासलाई मुद्दा चलाउने तयारी


    मंगलबार, मंसिर १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा बोलेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको थियो ।

    उक्त आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।

    त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।

    प्रहरीले सोमबार मात्र दुर्गा प्रसाई समर्थित १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । त्यसअघि बल्खु प्रदर्शनमा पक्राउ परेका ६ जना पनि प्रहरी हिरासतमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार