Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • तोलामै ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो


    आइतबार, मंसिर १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य चालू महिनाकै उच्च बिन्दुमा पुगेको छ ।

    गत शुक्रबारको तुलनामा तोलामा ६०० रुपैयाँ वृद्धि हुँदा छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । गत शुक्रबार चाँदीको प्रतितोला मूल्य १४ सय ५० रुपैयाँ रहेकोमा आइतबार १४ सय ८५ रुपैयाँ पुगेको हो ।

    विवाह लगायत विभिन्न धार्मिक अनुष्ठानमा खपत बढ्ने हुँदा मंसिरमा सुनको भाउ बढ्ने गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार