Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कोशीका मुख्यमन्त्री भन्छन्- मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ


    आइतबार, मंसिर १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने दाबी गरेका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए ।

    पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए ।

    ‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ’, उनले भने, ‘हामी चाँडै सरकार विस्तारमा लाग्ने छौ ।’

    उनले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या घटाएको विषयमा भने केही पनि प्रतिक्रिया दिएनन् ।

    उनले भने, ‘मन्त्रालयको सङ्ख्या बढाउने विषयमा भने हामीले केही पनि सोचेका छैनौं ।’

    उनले मन्त्रालयको सङ्ख्या बढ्ने/नबढ्ने विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । हिक्मत कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा रहेका १३ वटा मन्त्रालयको सङ्ख्या घटाएर ९ बनाएको छ ।

    कोशी प्रदेशमा अहिले कांग्रेससहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री छन् ।

    तिहार-छठपछाडि मन्त्रिपरिषद् विस्तार हुने र जिम्मेवारी पनि बाँडफाँट हुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले आन्तरिक विवादका कारण मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्री हुन चाहनेको संख्या धेरै हुँदा उनलाई मन्त्री परिषद् विस्तारमा सकस हुँदै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार