काठमाडौँ। चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रवादी बनेर नेपालकाे झण्डा बोकेर आउन समर्थकलाई आग्रह गरेका छन् ।
आफ्नै नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानद्वारा काठमाडौंको सिफल चौरमा आज आयोजित प्रदर्शनमा सहभागी भएका प्रसाईंले राजावादी नभई राष्ट्रवादी बनेर नेपालकाे झण्डा बोकेर आउन समर्थकलाई आग्रह गरेका हुन् । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।
यसअघि शुक्रबार तीनकुनेमा हुने भनिएको प्रदर्शनमा उनी सहभागी भएका थिएनन् । उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । तर, प्रदर्शनमा आज निस्केका हुन् ।
साथै उनले यो समय दुर्गा प्रसाईंको रहेको पनि दाबी गरे । ‘रेडियोमा यो समय मुना चियाको भनेर केही वर्ष अगाडि दिएको विज्ञापन जस्तो अब यो समय दुर्गा प्रसाईंको हो। मसँग धन सम्पति, हस्पिटल, छोराछोरी, तपाईंहरुको सर्मथन छ ।’ उनले भने ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend