Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समर्थकलाई दुर्गा प्रसाईंले भने- राजावादी होइन, राष्ट्रवादी बनेर झण्डा बोकेर आउनुस्


    शनिबार, मंसिर ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रवादी बनेर नेपालकाे झण्डा बोकेर आउन समर्थकलाई आग्रह गरेका छन् ।

    आफ्नै नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानद्वारा काठमाडौंको सिफल चौरमा आज आयोजित प्रदर्शनमा सहभागी भएका प्रसाईंले राजावादी नभई राष्ट्रवादी बनेर नेपालकाे झण्डा बोकेर आउन समर्थकलाई आग्रह गरेका हुन् । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।

    यसअघि शुक्रबार तीनकुनेमा हुने भनिएको प्रदर्शनमा उनी सहभागी भएका थिएनन् । उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । तर, प्रदर्शनमा आज निस्केका हुन् ।

    साथै उनले यो समय दुर्गा प्रसाईंको रहेको पनि दाबी गरे । ‘रेडियोमा यो समय मुना चियाको भनेर केही वर्ष अगाडि दिएको विज्ञापन जस्तो अब यो समय दुर्गा प्रसाईंको हो। मसँग धन सम्पति, हस्पिटल, छोराछोरी, तपाईंहरुको सर्मथन छ ।’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार