Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँको नजरबन्दविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता


    शुक्रबार, मंसिर ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विरोध प्रदर्शनबाट आत्तिएको सरकारले व्यवसायी दुर्गा प्रसाईँलाई भक्तपुरस्थित घरमै नजरबन्द गरेपछि प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

    बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

    प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार