Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक छः मन्त्री बस्नेत


    बिहिबार, मंसिर ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोबारे छलफल आवश्यक रहेको बताएका छन् । मन्त्रालयले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री बस्नेतले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरूलाई सचेत रहन निर्देशन समेत दिए ।

    ‘अन्तर्राष्ट्रिय दातृ संस्थाबाट स्वास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त’ उनले भने, ‘यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ । त्यसैले सरकारले यी बजेटहरू रेड बुकमार्फत आउनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार