Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माइतीघरमा रोकेपछि दुर्गा प्रसाईँ नेतृत्वको कार्यक्रम बल्खुमा गर्ने


    मंगलबार, मंसिर ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलन निषेध गरेपछि व्यवसायी तथा गणतन्त्रविरोधी अभियानता दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ ।

    प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार