Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा


    शनिबार, मंसिर २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

    मन्त्रालयले आवेदक मध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उनीहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ ।

    सदस्यसचिवको छोटो सूचीमा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य परेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार