काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको छ । एसईईको नतिजा सार्वजनिक भइसके पनि सीटीईभीटीले अन्तर्गतका कलेजहरुमा विद्यार्थीहरुको भर्ना खुलाउन सकेको छैन ।
भर्ना खुलाउनतिर लाग्नुको साटो सीटीईभीटीको नेतृत्व कलेजलाई बेमौसममा सम्बन्धन दिने हतारोमा लागेको छ । कलेजहरुलाई सम्बन्धन दिने क्रममा करोडौं लाभ हुने भएकाले बिचौलियाको प्रलोभनमा परेको सीटीईभीटीको नेतृत्व संचालनमा रहेका कलेजहरुमा बिद्यार्थी भर्ना खुलाउनेतिर गम्भीर रुपमा नलागेको आरोप छ ।
चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण नगरेकाले एसईई गरेलगत्तै भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । भर्ना प्रक्रिया अन्यौलमा छ । भइरहेका कलेजको नै भबिष्य के हुने भन्ने अन्योलता कायम रहेको बेलामा बिचौलियाहरु एचए, फार्मेसी, ल्याबलगायत डिप्लोमा तहमा मेडिकल लगायत अध्यापन गराउने कलेजको सम्बन्धन दिने खेलमा लागेका छन् ।
चिकित्सा शिक्षा आयोग र सीटीईभीटीले संयुक्तरुपमा तयार गरेको क्लालेन्डर अनुसार आवश्यकताका आधारमा मापण्ड पूरा गरेका नयाँ कलेजहरुलाई माघ– फागुनमा सम्बन्धन दिनसक्छ । तर कलेजका लागि आवेदन दिएका माफियाहरुको प्रभावमा परी सीटीईभीटी नेतृत्व भर्ना खुलाउनुअघि नयाँ कलेजलाई सम्बन्धन दिने खेलमा लागेको छ ।
एउटा कलेजको सम्बन्धन दिंदा न्यूनतम ५० लाख रुपैयाँसम्मको सेटिङ हुने गरेको छ । ४ सय कलेजको सम्बन्धनमा करोडौैंको सेटिङ भएकाले शिक्षामन्त्री रघुजी पन्तलाई पनि बिचौलियाहरुले चर्कै दबाब दिइरहेको शिक्षा मन्त्रालय स्रोत बताउँछ ।
करोडौंको सेटिङमा बिभिन्न बिषयमा अध्यापन गराउने पाइपलाइनमा रहेका ४ सय कलेजहरुलाई सम्बन्धन दिलाउन बिचौलियाहरु लागेका छन् । बिचौलियाहरु भर्ना खुलाउनुअघि सम्बन्धन लिने र यही बर्षबाट बिद्यार्थी भर्ना गराउने खेलमा मन्त्रीलाई दबाब दिइरहेका छन् । बिचौलियाले चिकित्सा आयोगमा समेत चलखेल गरी सम्बन्धन नदिएससम्म भर्ना समेत खुलाउन नदिएको आरोप छ ।
पचासौं लाख उठाएर बिचौलियाहरु कलेजहरुको सम्बन्धन दिलाउन लागेकोबारेमा शिक्षामन्त्री पन्तले समेत गम्भीरतापूर्वक अध्ययन गर्ने अपेक्षा गरिएको छ । उनले क्यालेन्डर अनुसार नै माघ फागुनमा मात्र सम्बन्धन दिनुपर्ने र अहिले तत्काल एसईई पास बिद्यार्थीहरुलाई सीटीईभीटी मातहतका कलेजमा भर्ना खुलाउनतिर चिकित्सा शिक्षा आयोगमा समेत मन्त्री पन्त लाग्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend