काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा कलेजहरुलाई सम्बन्धन दिने चलखेल भइरहेको छ । एसईईको नतिजा सार्वजनिक भइसके पनि सीटीईभीटीले अन्तर्गतका कलेजहरुमा विद्यार्थीहरुको भर्ना खुलाउन सकेको छैन ।
भर्ना खुलाउनतिर लाग्नुको साटो सीटीईभीटीको नेतृत्व कलेजलाई बेमौसममा सम्बन्धन दिने हतारोमा लागेको छ । कलेजहरुलाई सम्बन्धन दिने क्रममा करोडौं लाभ हुने भएकाले बिचौलियाको प्रलोभनमा परेको सीटीईभीटीको नेतृत्व संचालनमा रहेका कलेजहरुमा बिद्यार्थी भर्ना खुलाउनेतिर गम्भीर रुपमा नलागेको आरोप छ ।
चिकित्सा शिक्षा आयोगले कोटा निर्धारण नगरेकाले एसईई गरेलगत्तै भर्ना प्रक्रिया सुरु हुन सकेको छैन । भर्ना प्रक्रिया अन्यौलमा छ । भइरहेका कलेजको नै भबिष्य के हुने भन्ने अन्योलता कायम रहेको बेलामा बिचौलियाहरु एचए, फार्मेसी, ल्याबलगायत डिप्लोमा तहमा मेडिकल लगायत अध्यापन गराउने कलेजको सम्बन्धन दिने खेलमा लागेका छन् ।
चिकित्सा शिक्षा आयोग र सीटीईभीटीले संयुक्तरुपमा तयार गरेको क्लालेन्डर अनुसार आवश्यकताका आधारमा मापण्ड पूरा गरेका नयाँ कलेजहरुलाई माघ– फागुनमा सम्बन्धन दिनसक्छ । तर कलेजका लागि आवेदन दिएका माफियाहरुको प्रभावमा परी सीटीईभीटी नेतृत्व भर्ना खुलाउनुअघि नयाँ कलेजलाई सम्बन्धन दिने खेलमा लागेको छ ।
एउटा कलेजको सम्बन्धन दिंदा न्यूनतम ५० लाख रुपैयाँसम्मको सेटिङ हुने गरेको छ । ४ सय कलेजको सम्बन्धनमा करोडौैंको सेटिङ भएकाले शिक्षामन्त्री रघुजी पन्तलाई पनि बिचौलियाहरुले चर्कै दबाब दिइरहेको शिक्षा मन्त्रालय स्रोत बताउँछ ।
करोडौंको सेटिङमा बिभिन्न बिषयमा अध्यापन गराउने पाइपलाइनमा रहेका ४ सय कलेजहरुलाई सम्बन्धन दिलाउन बिचौलियाहरु लागेका छन् । बिचौलियाहरु भर्ना खुलाउनुअघि सम्बन्धन लिने र यही बर्षबाट बिद्यार्थी भर्ना गराउने खेलमा मन्त्रीलाई दबाब दिइरहेका छन् । बिचौलियाले चिकित्सा आयोगमा समेत चलखेल गरी सम्बन्धन नदिएससम्म भर्ना समेत खुलाउन नदिएको आरोप छ ।
पचासौं लाख उठाएर बिचौलियाहरु कलेजहरुको सम्बन्धन दिलाउन लागेकोबारेमा शिक्षामन्त्री पन्तले समेत गम्भीरतापूर्वक अध्ययन गर्ने अपेक्षा गरिएको छ । उनले क्यालेन्डर अनुसार नै माघ फागुनमा मात्र सम्बन्धन दिनुपर्ने र अहिले तत्काल एसईई पास बिद्यार्थीहरुलाई सीटीईभीटी मातहतका कलेजमा भर्ना खुलाउनतिर चिकित्सा शिक्षा आयोगमा समेत मन्त्री पन्त लाग्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend