तनहुँ । दुःख गरेर उब्जाएको फूल लक्ष्मी पूजाको दिन सबैभन्दा बढी बिक्ने यस बर्ष भाइटीकासम्म पनि नबिक्दा व्यवसायी चिन्तित बनेका छन् ।
तिहारको लागि अत्यावश्यक पर्ने यस फूल बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका हुन् । अघिल्ला वर्षहरूमा आयातित र कृत्रिम फूलले गर्दा समस्यामा परेका यहाँ कृषकलाई यो वर्ष भने फूल धेरै उत्पादन भई नबिक्दा चिन्तामा परेका हुन् ।
देशका विभिन्न क्षेत्रमा तिहारमा स्थानीय फूलले बजार ओगटिरहेका बेला तनहुँमा भने उत्पादित फूलले बजार पाउन नसक्दा व्यवसायीमा चिन्ता छाएको छ । लक्ष्मीपूजाको दिन सबैभन्दा बढी बिक्ने फूल यस बर्ष भाइटीकासम्म पनि बिक्न सकेन्।
सस्तो बिक्री गर्दासमेत फूलले बजार नपाएको व्यवसायीको गुनासो छ । म्याग्दे गाउँपालिका–५ ठुलो खेत, म्याग्दे खोला निवासी सुसन पौडेल फूल बिक्री गर्न समस्या परेको बताए । कोल्ड स्टोरको सहायतामा भण्डारण गर्ने व्यवस्था नगर्ने हो भने अर्को वर्षदेखि कृषकले फूल खेती गर्न छाड्ने पौडेलले बताए । उनले भने , ‘‘भारत र चीनबाट फूल आयात गर्नु नपर्ने अवस्था बनाउने हो भने सरकारले कोल्ड स्टोरको व्यवस्था गर्नुपर्छ, नत्र किसान पलायन हुन्छन् ।’’
बाँझो रहेको चार रोपनी खेतमा ४ हजार सयपत्री ढकमम्क फूले पनि बिक्री नभएको गुनासो पौडेलले गरे । उत्पादन भएको फूल आधा पनि बिक्री नभएको पौडेलले बताए । उनले भने , ‘‘सस्तो बिक्री गर्दासमेत ग्राहक पाउन कठिन भएको दुई लाख रुपियाँको बिक्री हुने अपेक्षा गरेको थिएँ, ५० हजारको मात्रै बिक्री भयो ।’’
विगतभन्दा आधा सस्तोमा माला बेच्नुपरेको व्यास नगरपालिका –१३ बेलवास निवासी सिर्जना तिवारीले जानकारी दिए । दमौलीको तरकारी लाइनमा गत वर्ष एक सय रुपियाँमा बेचेको सयपत्री फूलको मालालाई ५० रुपियाँ र मखमली फालालाई दुई सयमा बिक्री गरेमा एक सय रुपियाँमा बिक्री गरिरहेको बताए ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend