Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • भाइटीकासम्म पनि फूल नबिक्दा तनहुँका कृषक चिन्तामा


    बुधबार, कार्तिक २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • तनहुँ । दुःख गरेर उब्जाएको फूल लक्ष्मी पूजाको दिन सबैभन्दा बढी बिक्ने यस बर्ष भाइटीकासम्म पनि नबिक्दा व्यवसायी चिन्तित बनेका छन् ।

    तिहारको लागि अत्यावश्यक पर्ने यस फूल बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका हुन् । अघिल्ला वर्षहरूमा आयातित र कृत्रिम फूलले गर्दा समस्यामा परेका यहाँ कृषकलाई यो वर्ष भने फूल धेरै उत्पादन भई नबिक्दा चिन्तामा परेका हुन् ।

    देशका विभिन्न क्षेत्रमा तिहारमा स्थानीय फूलले बजार ओगटिरहेका बेला तनहुँमा भने उत्पादित फूलले बजार पाउन नसक्दा व्यवसायीमा चिन्ता छाएको छ । लक्ष्मीपूजाको दिन सबैभन्दा बढी बिक्ने फूल यस बर्ष भाइटीकासम्म पनि बिक्न सकेन्।

    सस्तो बिक्री गर्दासमेत फूलले बजार नपाएको व्यवसायीको गुनासो छ । म्याग्दे गाउँपालिका–५ ठुलो खेत, म्याग्दे खोला निवासी सुसन पौडेल फूल बिक्री गर्न समस्या परेको बताए । कोल्ड स्टोरको सहायतामा भण्डारण गर्ने व्यवस्था नगर्ने हो भने अर्को वर्षदेखि कृषकले फूल खेती गर्न छाड्ने पौडेलले बताए । उनले भने , ‘‘भारत र चीनबाट फूल आयात गर्नु नपर्ने अवस्था बनाउने हो भने सरकारले कोल्ड स्टोरको व्यवस्था गर्नुपर्छ, नत्र किसान पलायन हुन्छन् ।’’

    बाँझो रहेको चार रोपनी खेतमा ४ हजार सयपत्री ढकमम्क फूले पनि बिक्री नभएको गुनासो पौडेलले गरे । उत्पादन भएको फूल आधा पनि बिक्री नभएको पौडेलले बताए । उनले भने , ‘‘सस्तो बिक्री गर्दासमेत ग्राहक पाउन कठिन भएको दुई लाख रुपियाँको बिक्री हुने अपेक्षा गरेको थिएँ, ५० हजारको मात्रै बिक्री भयो ।’’

    विगतभन्दा आधा सस्तोमा माला बेच्नुपरेको व्यास नगरपालिका –१३ बेलवास निवासी सिर्जना तिवारीले जानकारी दिए । दमौलीको तरकारी लाइनमा गत वर्ष एक सय रुपियाँमा बेचेको सयपत्री फूलको मालालाई ५० रुपियाँ र मखमली फालालाई दुई सयमा बिक्री गरेमा एक सय रुपियाँमा बिक्री गरिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार